यसियन फुटबल मा नेपाल र जापान भिडन्त
सिन्धुली साउन २९:
१८ औं संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपालले आज जापानसँग
प्रतिस्पर्धा गर्दैछ । एसियन गेम्सको उद्घाट्न अघि नै सुरु भएको पुरुष फुटबलमा नेपालले एशियाको पावरहाउस मानिने जापानको सामाना गर्ने भएको हो ।
सिकाराङस्थित विबावा मुक्ति रंगशालामा हनुे खेलमा नेपाल बराबरीमा रोक्ने दाउमा देखिन्छ । सन् १९८६, १९९२ र २०१४ मा नेपाल र जापानबीच एसियन गेम्समा भेट भएको छ ।
तर, नेपालले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन । एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको समूह डि मा नेपालसहित जापान, भियतनाम र पाकिस्तानसँग छन् । दोस्रो खेलमा भियतनामसँग अगष्ट १६ मा खेल्ने नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग अगष्ट १९ मा खेल्दैछ ।


No comments