टियाङकर चालकाे तलब ३२हजार पुराउन माग
सिन्धुली भदौ ६:
ट्याङकर चालकहरुले मासिक पारिश्रमिक ३२ हजार कायम गर्न माग गरेका छन् । आज बुधबार ढुवानी व्यवसायी महासंघ अन्तर्गत सञ्चालित पेट्रोलियम ट्याङकर चालकहरुले मासिक पारिश्रमिक ३२ हजार कायम गर्न माग गर्दै बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलार्इ ज्ञापन पत्र बुझाएका छन् ।
१८ बुँदे मागसहितको ज्ञापनपत्रको सुनुवाई नभए पेट्रोलियम ट्याङकर चालकहरुले यही भदौ १५ गतेबाट आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।


No comments