माेटरसाईकल चोर्ने दुई जाना पक्राउ
सिन्धुली भदौ ६:
महानगरीय प्रहरी परिसर काठमाडौँले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्तले बा३६प ८५३२ नंको मोटरसाइकल चोरी गर्ने गोरखाका १९ वर्षीय रामबहादुर मगराती र गोरखाकै २० वर्षीय ईश्वर श्रीमललाई आज पक्राउ गरेको हो ।
प्रहरी गस्तीमा हिँडिरहेको अवस्थामा धादिङ घर भई सीतापाइला बस्ने दीपक भण्डारीको रोकेर राखेको मोटरसाइकल हराएको भन्ने खबर पाएपछि खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No comments