सिन्धुली मा बलात्कार विरुद्ध कार्यक्रम सम्पन्न
सिन्धुली साउन २२
दिनाै जस्तो बलात्कार काे घटना सञ्चार माध्यम मा अाउने गरे काे छ यश काे विरोध सबै ले गरेका छन् बलात्कार विरुद्धको विरोध सभा कार्यक्रमको सम्बोधन गदैँ बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई कडा सजाय दिन युवाहरुले सरकारलाई दवाव दिन पनि आग्रह गरेका छन।यस्तै जिल्ला बाल संजाल सिन्धुलीका अध्यक्ष संगिता श्रेष्ठले कार्यक्रम मा बल्नु हुँदै बाल हिंसा, महिला हिंसा जस्ता सबै प्रकारका हिंसाको अन्त्य सबैको साथले मात्र संम्भव रहेको बताईन् ।
देशमा दिनहुँ घटिरहेका बलात्कारका घटनाहरु प्रति चिन्ता व्यक्त गदैँ महिला तथा बालीका बलात्कृत हुनबाट बचाउन सरकारी निकायबाटै पहल गरिदिन अनुरोध गरिन् । युवा संजाल, जिल्ला बाल संजाल, महिला, नागरिक समाजहरुले पनि बलात्कारीलाई कडा भन्दा कडा सजायको माग गरेका छन् ।
सबै प्रकारको हिंसा अन्त्य गरौँ, भय, त्रास मुक्त समाजको निर्माण गरौँ भन्ने मुख्य नाराका साथ सिन्धुलीमाढीको कमलामाई नगरपालिका अगाडी कोण सभाबाट सुरु भएको विरोध सभा बजार क्षेत्र परिक्रमा गरिसके पछि पुनः कोण सभामा परिणत भई समापन भएको थियो ।
जिल्ला युवा संजाल सिन्धुलीको आयोजनामा संचालित विरोध सभा जिल्ला का अगुवा समाजसेवी पेशा कर्मी सर्वसाधरण काे उपस्थिती थियाे ।


No comments