मुख्य समाचार

२०७५/५/१२गते भदौ काे तपाईंको राशिफल हेर्नुस्



मेष

(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाई लेखाइमा मन नजाने तथा नतिजा अरूकै पोल्टोमा पर्नेछ । तापनि विदेश यात्राको गतिलो सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लाग समयले साथ दिनेछ ।


वृष

(ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । साझपख आफन्तसँग टाढिएर लामो दुरीको यात्राको तय गर्न सकिनेछ ।


मिथुन

(का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले व्यापारमा मन्दी आउनेछ भने नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेको छ । प्रेममा नजिक हुने समय रहे पनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउनेछ ।


कर्कट

(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तीरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । बिहानको समय मध्यम रहेकोले आफन्त तथा दिदीबहिनी सँग मनमुटाब सिर्जना हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।


सिंह

(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्न घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।



कन्या

(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वस्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।


तुला

(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने व्यापार व्यवसायमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले काममा ढिला सुस्ती, बैरभाव तथा आफन्त सँग विवाद हुने योग रहेको छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नति तथा नयाँ काम पाउने योग केही दिनको लागि टरेर जानेछ । पढाई लेखाई अधुरै रहनेछ भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् ।


वृश्चिक

(तो,ना,नि,नू,ने,नो,या,यी,यु) उपहार तथा चिठ्ठी प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्ति हरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ । पढाई लेखाइमा साथीहरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउँदा मन प्रसन्न हुनेछ ।




धनु

(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूका लागि समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।



मकर

(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आफन्तको सहयोग पाइने तथा बोली बिक्ने हुँदा महत्त्वपूर्ण कामहरू सुरु गर्न सकिनेछ । मध्यान्हबाट शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाइबाट सहयोग पाइने छैन भने विवाद बढ्ने योग रहेको छ ।



कुम्भ

(गू,गे,गो,सा,सी,सु,से,सो,दा) परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेका ममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।


मीन

(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाई लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउँन सकिनेछ । उत्तम वस्त्र, म नपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ । बिहानको समयमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ ।

No comments