मुख्य समाचार

महाेतरिमा ९महिने बालिका अपहरण पछि हत्या


सिन्धुली १२:

महोत्तरीको औरही नगरपालिका १ का सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको अपहरणपछि हत्या भएको छ । उनको शव आज अपराह्न औरही नगरपालिकास्थित फेकु चौधरीको आँप बगैचामा भेटिएको थियो ।

घटनापछि आक्रोसित स्थानीयले औरही बजार बन्द गराएका छन् । उनको शरिरभर निलडाम देखिएकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।  बालिकालाई भंगाहा सीतापुर ६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा हिजो साँझ अपहरण गरेको पारिवारको दावी छ ।

चौधरीको पसलमा रहेको सीसी टिभी फुटेजमा पनि साहले बालिकालाई बोकेको देखिएको छ । फरार साहको खोजी भईरहेको प्रहरीले जनाएको छ । 

No comments