२०७५/५/१३गते काे तपाईंको राशिफल हेर्नुस्
मेष
(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : कर्म प्राप्तिको निम्ति लामो दुरीको यात्रा हुनेछ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ने समय रहे पनि नतिजा भने न्यून हात पर्नेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
वृष
(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरूभन्दा अगाडि बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथीभाइ सँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन्न सकिनेछ ।
मिथुन
(का,की,कू,घ,ङ,छ,के,को,हा) : नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिस सँग विवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरूले विशेष ध्यान दिनुहोला ।
कर्कट
(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : पढाई लेखाई विद्यार्थीहरूले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासन क्षेत्रमा तपाईकन सहभागिता उच्च स्तरको रहनेछ ।
सिंह
(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाइदेखि टाढिन सक्छन् ।
कन्या
(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : साङ्गठनिक टिम निर्माण गरी काम गरिए पनि एक अर्काको बिचार नमिल्दा केही दिनको लागि काम बन्द हुनेछ । महिला मित्र तथा विपरीत लिङगसँग पनि मतभेद देखिने प्रशस्त सम्भावना रहेको छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढिनै उत्साहित हुँदा नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । व्यावसायिक यात्रा हुने भए पनि कष्ट कर नहोला भन्न सकिन्न । मनमा बेचैनले गतिलो डेरा जमाउनेछ ।
तुला
(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेको छ आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग,ऋण तथा सङ्कटको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरू थाती नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला ।
वृश्चिक
(तो,ना,नि,नू,ने,नो,या,यी,यु) : खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । बिलाशीताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैङ्किङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने नोकरीमा बढुँला हुने योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ ।
धनु
(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
मकर
(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : पारिवारिक असमझ्दारिले कामहरू गर्न केही कठिनाइ हुनेछ भने दाजुभाइ सँग विवाद बढ्ने योग रहेको छ । कुनै पनि काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरूकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आँट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ ।
कुम्भ
(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन,उत्तम वस्त्र तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।
मीन
(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनत गर्दा अटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ ।


No comments