मुख्य समाचार

सर्लाही काे लालबन्दी बजारमा २रूपया किलाे मा घिराैला बिक्री नभयपछी सडकमै फाले


सिन्धुली भदौ १०

लालबन्दी बजारमा बिक्री गर्न ल्याएको घिरौला व्यापारीले दुई रुपैयाँ केजीमा दिँदासमेत खरिद नगरेपछि किसान आन्दोलित भएका छन्। दुई रुपैयाँ केजीमा बिक्री गर्न धेरै बेर प्रतिक्षा गरेपनि व्यापारीले घिरौला खरिद नगरेपछि बाध्य भएरसडकमा फाल्नु परेको किसानको भनाइ छ।

उत्पादन बढेकै कारण पछिल्ला दिनमा यहाँ घिरौला, पर्वल, लौका, बोडीलगायतका तरकारी सस्तो भएको छ। बजारमा आएका व्यापारीले अरु तरकारी किने पनि घिरौला खरिद नगर्दा किसान आन्दोलित भएका हुन्। किसानले पूर्व पश्चिम राजमार्गमा घिरौला फालेर विरोध जनाएका हुन्।

किसानको विरोधले गर्दा आधा घण्टा राजमार्ग अवरुद्ध भएको छ। किसानको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको थियो। बजारमा घिरौलाको माग कम भएको तर उत्पादन बढेको लालबन्दीका व्यापारी नवलकिशोर यादवको भनाइ छ।

No comments