जयनगर जनकपु रेल गुडायर परिक्षण यहि बर्ष रेल बर्दिबाँस अाउने
सिन्धुली साउन २४
भारतको जयनगर देखि जनकपुरधाम हुँदै बर्दिबाससम्म जोड्ने ब्रोडगेज रेलमार्गको पहिलो चरणको निर्माण कार्य सम्पन्न भइ बुधबार अपरान्ह परिक्षण सञ्चालन पनि सम्पन्न भएको छ।
आयोजनाको कूल ६९ कि.मी. रेल्वे लाईन मध्ये, भारत, बिहारको जयनगर देखि धनुषाको खजुरी सम्मको ८.५ कि.मी. मा परिक्षण गरिएको हो। कूल ६९ किमी रेल्वे लाईन मध्ये भारतिय भूमीमा ३ किमी र बाँकी नेपालमा पर्दछ। ‘पहिले इन्जिन चलाएर हेरियो अनि मालबाहक बोगी समेत चलाएर परिक्षण गरिएको छ’ रेल तथा मेट्रो बिकास आयोजना, साईट कार्यालय जनकपुरधामका प्रमुख बिनोद ओझाले उत्साहित हुँदै बताए ।
भारत सरकारको १० अर्व रूपैयाको लगानीमा भारतिय कम्पनी ईरकोन द्वारा तीब्र रूपमा निर्माणकार्य अघि बढाईएको यो रेल्वे सेवा संचालन संगै यस क्षेत्रको आर्थीक कायापलट हुने बिश्वास लिईएको छ।


No comments