मुख्य समाचार

चलचित्र कायरा नेपाल सगै दुवई मा प्रदर्शन


सिन्धुली साउन २४:

अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ हाल प्रदर्शनरत छ । घरेलू बजारमा सुखद कलेक्सन गरिरहेको फिल्मले नेपालसँगै विदेश प्रदर्शन पनि आरम्भ गरेको छ ।    ९ अगस्टदेखि दुवईका विभिन्न शहरमा यो फिल्म प्रदर्शन हुँदैछ । फिल्मको प्रदर्शनका लागि बुधवार आर्यन र साम्राज्ञी दुवई उडेका छन् ।

साँझ त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दैगर्दा अभिनेता-अभिनेत्री फिल्मको दुवई प्रदर्शनलाई लिएर उत्साहित देखिए ।   नेपालमा प्रायः दर्शकको गुनासो फिल्म 'स्लो' र 'लेन्दी' भएको थियो । मंगलवार राजधानीमा आयोजित स्पेशल शोमा पनि सेलिब्रेटीहरुले फिल्ममाथि यही खोट लगाए । दुवई उड्दै गर्दा यस विषयमा निर्माता समेत रहेका आर्यनले मुख खोलेका छन् । 

    उनले फिल्मको नयाँ भर्सन यसै साताबाट हेर्न पाइने बताए । आर्यनले दर्शकलाई फ्ल्यास ब्याक बुझ्न गाह्रो भएको कुरा पनि स्विकार गरे । उनले भने, 'जय र कायराको नेपालमा बढेको सम्बन्ध र त्यो सम्बन्ध फिलिपिन्समा कन्टिन्यू भएको कुरा बुझ्न दर्शकलाई गाह्रो भएको पाइएको छ । कति दर्शकलाई फिल्म स्लो पनि लागेको पाएँ ।'    'हुनत, दुई जना क्यारेक्टर भएको फिल्म स्लो नै हुन्छ । स्पेशल शोमा पनि त्यो सुझाव पाएको थियौं । यो हप्ताको शुक्रवार वा शनिवारबाट एडिटेड र दर्शकले पूर्ण रुपमा बुझ्ने भर्सनमा फिल्म हलमा आउँछ', आर्यनले भने । 

  उनले टेक्निकल प्रोब्लमका कारण हलमा पुरानो भर्सन प्रयोग गर्नु परेको बताए । उनका अनुसार, २ घण्टा २१ मिनेटको फिल्म अब २ घण्टा ५ मिनेटको हुनेछ । फिल्म हेरेका दर्शकले आर्यन-साम्राज्ञीको केमेस्ट्री, फ्रेमिङ, लोकेशन, छायांकन र डाइलगको भने प्रशंसा गरेका छन् । 

No comments