मुख्य समाचार

दशै काे लागि असाेज पाँच गते बाट टिकट बुकिङ खुल्ने

सिन्धुली भदौ ३१:
सरकार र यातायात व्यवसायीबीच सहमति जुटेसँगै दशैमा उपत्यका बाहिरिने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ आगामी असोज ५ गते खुल्ने भएको छ । यसअघि सरकारले रोक्का गरेको समितिको बैंक खाता खोल्नुपर्ने र भाडा वृद्धि गर्नुपर्ने सर्त राख्दै यातायात व्यवसायीले दशैंका लागि अग्रिम टिकट खुल्ला गर्न अटेर गरेका थिए ।
यातायात व्यवस्था विभागमा आज व्यवसायी र सरकारबीच भएको छलफलमा सहमति जुटेसँगै आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको सहमति भएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

No comments