मुख्य समाचार

साउदि जाने नेपाली कामदार ले न्युनतम ३९हजार पारिश्रमिक पाउने

सिन्धुली भदौ ३१:
नेपाल सरकारले साउदी अरबमा जाने नेपाली कामदारका लागि १३ सय रियाल अर्थात करीब ३९ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्ष पछि न्यूनतम ज्यालामा पुनरावलोकन भएको हो ।
साउदी अरबका रोजगारदाता कम्पनीले अब नेपाली कामदार लैजानुपरे न्यूनतम पारिश्रमिक एक हजार रियाल र खाना बापत ३ सय गरी १३ सय रियाल दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको प्रस्तावलाई गत शुक्रबार बसको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो ।
अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला एक हजार रियाल र खाना भत्ता ३ सय रियाल देखि अधिकतम ज्याला ११ हजार रियाल र खाना भत्ता ५ सय रियाल पाउनेछन् । सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् ।

No comments