मुख्य समाचार

सुडान मा नेपाली शान्ति सेना माथि गाेलि प्रहार एक घाइते


सिन्धुली असाेज  १:

दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्तिसेनामाथि गोली प्रहार गर्दा एकजना घाइते भएका छन् । समाचार अनुसार गत शनिबार बिहान एई क्षेत्रमा पानी लिन गएको शान्तिसेनाको चारमध्ये एउटा गाडीमा एकजना सरकारी सुरक्षाकर्मीले गोली चलाएका थिए । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार गोली चलाएपछि ती सरकारी सुरक्षाकर्मी भागेका थिए ।


उनले चलाएको गोली लागेर एकजना नेपाली सेना जवान घाइते भएका सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार खुट्टामा गोली लागेका सैनिकको अवस्था खतरामुक्त रहेको छ। संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख तथा महासचिवका विशेष प्रतिनिधि डेभिड सियररले विज्ञप्ती निकालेर यो घटनाको निन्दा गरेका छन् । ‘संयुक्त राष्ट्रसंघको शान्तिसेना दक्षिण सुडानमा शान्ति स्थापना गर्न आएका हुन्', उनले भनेका छन्, 'उनीहरुमाथिको आक्रमण स्वीकार्य हुँदैन ।



आक्रमणमा संलग्नमाथि सुडान सरकारले कारबाही चलाओस ।' आफ्ना सेना घाइते भए पनि नेपाली सेनाले संयम्ता अपनाउँदै जबाफी फायरिङ नगरेको बताइएको छ । शान्तिसेनाले सर्वसाधारणलाई बचाउन गोली नचलाएको सियररले भनेका छन् । गोली लागेपछि नेपाली शान्ति सैनिकलाई त्यहीँबाट एयरलिफ्ट गरेर उपचारका लागि राजधानी जुबा लगिएको उनले जानकारी दिएका छन् ।
सुडानबाट टुक्रिएर बनेको दक्षिण सुडान अहिले आन्तरिक द्वन्दमा फसेको छ । हिंसाका कारण दक्षिण सुडानका ४० लाख भन्दा धेरै जनता विस्थापित भएका छन् ।

No comments