मुख्य समाचार

निर्मला हत्या काण्ड काे उच्चस्तरीय छानबिन समितिले ले गृहमन्त्री लाई प्रतिवेदन बुझायाे

सिन्धुली असाेज ९गते

कञ्चनपूरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको छ ।  सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन टोलीले मंगलबार गृहमन्त्री थापालाई भेटेर छानविन प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा यसअघि प्रहरी नेतृत्वमा गठित छानविन समितिको कमजोरी रहेको उल्लेख छ । यस्तै सन्दीग्ध भनिएका व्यक्तिहरुलाई कारबाहीको सिफारिस गरिएको छ । यद्यपी यसबारे संयोजक मैनालीले केही कुरा बताउन चाहेनन् ।  अनुसन्धानमा खटिएको प्रहरीको भूमिका संकास्पद देखिएपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका सहसचिव मैनालीको नेतृत्वमा भदौ ७ गते छानबिन समिति गठन गरेको थियो ।  समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो ।


त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो । समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ । समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे ।  पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 

No comments