मुख्य समाचार

ठेक्का लिदै अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन का अध्यक्ष पक्राउ गर्नपक्राउ पुर्जी जारि


सिन्धुली असाेज ९गते

विभिन्न आयोजनाको ठेक्का लिंदै अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न प्रहरीले पुर्जी काटेको छ । गएको भदौ ९ गते रौतहटको टिकुलीया घाटमा भएको डुंगा दुर्घटनामा दोषी भएको दाबीसहित रौनियार विरुद्ध पक्राउ पुर्जी जारी गरेको रौतहटका प्रहरी उपरिक्षक केदार ढकालले जानकारी दिनुभयो । 


डुंगा दुर्घटनामा ज्यान गुमाएका ५ जनाको परिवारले पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियार विरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको उहाँले बताउनुभयो । पप्पु कन्सट्रक्सनले ठेक्का लिए पनि समयमा पुल निर्माण गरिनसक्दा स्थानीयवासीलाई डुंगामै नदी तर्नुपर्ने बाध्यता छ । 

No comments