असाेज ७गतेकाे तपाईंको राशिफल हेर्नुस्
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापार व्यवसाय फस्टाएर जानेछ भने धनआगमनको गतिलो योग रहेको छ । बैक तथा वित्तीय क्षेत्र सँग सम्बन्धित कारोबारहरू बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : कर्म भावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होईनेछ । व्यापार व्यवसायमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खाजिमा हुनेहरूले नयाँ काम पाउने तथा गरिरहनेहरू बढुवा हुन सक्ने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रसन्न रहनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : भाग्य तथा समयले साथ दिने हुँदा आँटेको तथा ताकेको काम सजिँदै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : आफन्त तथा दिदी बहिनी सँग साना कुरामा राय बजिनेछ भने घमण्ड गर्ने बानीले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरू हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रूखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरू टाढिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सांगठनिक टिम निर्माण गरी काम गरिए पनि एक अर्काको बिचार नमिल्दा केही दिनको लागि काम बन्द हुनेछ । महिला मित्र तथा विपरीत लिङगसँग पनि मतभेद देखिने प्रशस्त सम्भावना रहेको छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढिनै उत्साहित हुँदा नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । व्यावसायिक यात्रा हुने भए पनि कष्ट कर नहोला भन्न सकिन्न । मनमा बेचैनले गतिलो डेरा जमाउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाइकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाई लेखाइमा राम्रो नतिजा काम साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । शेयर बजार तथा बैङ्किङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमानै काम सकाउन सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढिनै मेहनत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : महत्वकांक्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजसभाई तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धीहरू हार खानेछन् भने तपाईँको कुरा काट्ने हरूलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हास खेलमा समय बित्नेछ । पढाई लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकेनछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाइमा अरूभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिरानै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेम प्रशङमा रमाउन चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्त सँग मानमुटाव सिर्जना हुनेछ । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ ।


No comments