दशैकाे मुखै मा सार्बजनिक भाडा १०प्रतिशत वृद्धि अाज बाट लागू हुने
सिन्धुली असाेज ७:
दशैँजस्ता ठूला चाँडबाँकाे मुखैमा अाइपुग्दा सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय गरेकाे छ । शनिबार सरकार र यातायात व्यवसायीबीच भाडा बढाउन सहमति भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको हो ।
मन्त्रालयका सचिव मधुसुदन अधिकारीका अनुसार नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको बैठकले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हाे । नयाँ भाडादर अाज (अाइतबार)बाटै लागू गर्न मन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।
नयाँ भाडादर कामय गर्ने भएपछि यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ समेथ खुल्ला गर्ने भएका छन् । यद्यपि साे टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्नेमा चाहिँ यकिन भइनसकेकाे बताइएकाे छ ।
यसअघि पेट्राेलियम पदार्थमा भएकाे मूल्यवृद्धिका कारण भाडा समायाेजन हुन नसक्दा अाफूहरु मारमा परेकाे भन्दै यातायात व्यवसायीहरुले भाडा वृद्धीकाे माग राखी अान्दाेलन गरेका थिए । साेही कारण असाेज ५ बाटै हुने भनिएकाे अग्रिम टिकट बुकिङ पनि रद्द भएकाे थियाे ।


No comments