मुख्य समाचार

शनिबार पेट्रोल र डिजेल गरि काठमाडौ मा १७ लाख लिटर वितरण अाजै बाट सहज


सिन्धुली असाेज ६:

नेपाल आयल निगमले अाज (शनिबार) काठमाडौं उपत्यकामा झण्डै १७ लाख बढी लिटर पेट्राेल तथा डिजेल वितरण गर्दै छ । निगमले अाफ्नाे थानकोट डिपोबाट अाजका लागि भनेर ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको जनाएको छ ।




यातायात व्यवसायीकाे अान्दाेलनका कारण पेट्राेलियम पदार्थ अायातमा असहजता उत्पन्न भएसँगै काठमाडौं उपत्यकामा पेट्राेल तथा डिजेलकाे अभाव भएकाे थियाे । बिहीबार तथा शुक्रबार यहाँका पेट्राेल पम्प अधिकांश बन्द थिए भने खुलेकामा पनि लामै लाइन लागेकाे थियाे ।


बजारमा अभाव हुन नदिन भनेर अाज पेट्रोल र डिजेलकाे उल्लिखित परिमाण वितरण गरेको निगमले जनाएको छ। उक्त परिमाणको इन्धन काठमाडौं उपत्यकामा वितरण गरिएपछि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता अन्त्य हुने विश्वास निगमकाे छ । 




चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले बिदाको दिनमा समेत वितरण गरेको हो । थानकोट डिपोले शुक्रबार मात्र ५ लाख ८ हजार लिटर पेट्रोल र ५ लाख ३६ हजार लिटर डिजल वितरण गरेको थियो ।

No comments