मुख्य समाचार

प्रचण्ड काे घरबेटी ले ठेक्का लियका नागढुंगा कलंकी सडग अलपत्र पारेकाे भन्दै स्थानीय अान्दोलीत


सिन्धुली असाेज १२

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)का घरबेटी शारदाप्रसाद अधिकारीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले कलंकी–नागढुंगा सडक बन्द गराएका छन् ।

कलंकी–नागढुंगा सडक निर्माणको ठेक्का लिएर लामो समयदेखि अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले अध्यक्ष दाहालसहित गृहमन्त्री रामबहादुर थापा बादलले अधिकारीको संरक्षण गरेको आरोप लगाएका छन् । अत्याचार धेरै भएको भन्दै नाराबाजी गर्दा यातायात ठप्प भएको छ । उनीहरुले आफूहरु बरु सहिद हुन तयार रहेको तर अधिकारीलाई कारबाही हुनैपर्ने माग राख्दै आएका हुन् ।


शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारी तत्कालीन माओबादीको बलमा छोटो समयमै ठूला निर्माण व्यवसायीका रुपमा स्थापित भएका छन् । नेकपा अध्यक्ष दाहालनिकट अधिकारी नुवाकोटका हुन् ।

No comments