मुख्य समाचार

आफ्नै श्रीमती हत्या गरि श्रीमान फरार


सिन्धुली असाेज १०:

प्रदेश ५ अन्तरगत बाँकी जिल्लामा मदिराको नशामा श्रीमानले निर्घात कुटपिट गरि श्रीमतीको हत्या गरेका छन् । गत सोमबार राति सवा १२ बजेको समयमा जानकी गाउँपालिका–६ बस्ने ३५ वर्षीया प्रेम गिरीले २९ बर्र्षीया श्रीमती जानकी गिरीलाई कुटोले टाउँकोमा प्रहार गरी ज्यान लिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौड्यालका अनुसार गम्भीर घाईते जानकीलाई नेपालगञ्ज नर्सिङ अस्पतालमा उपचारेका लागि भर्ना गरिएको थियो । तर आज बिहान श्रीमती गिरीको ज्यान गएको हो । श्रीमती कुटेर फरार गिरी फेला परेका छैनन् । एसपी पौड्यालले निजले त्यस रात श्रीमतीलाई कुटोले निर्घात कुटेर फरार रहेका र निजलाई छिमेकी जिल्ला, भारतीय सीमा वरपरी सबैतिर प्रहरीले खोजी कार्य तिब्र पारेको जानकारी दिए ।




अन्दाजी ५ फिट ८ ईन्च अग्ला, गहुँ गोरो र मोटो–घाटो शरीर भएका उनलाई देख्नु हुने जो कोहीले बाँके जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा गोप्य रुपमा सुचित गरि दिन प्रहरी प्रमुख पौड्यालले आग्रह गरेका छन् । उनी भारत तर्फ छिरेको हुन सक्ने आशंका गरिएको छ ।




सर्वसाधरणले बाटघाटा देखेर चिनुन र प्रहरीलाई सुचित गरेर पक्राउ गर्न सघाउ पुराउन भन्ने अपेक्षासहित प्रहरीले उनको तस्वीर सार्वाजानिक गरेको छ । कोहलपुर क्षेत्रमा पर्ने उक्त स्थानमा बसोबास गर्ने उनी स्थायीबासी हुन् वा डेरा गरी बसेका हुन् यसबारे अनुसन्धान भईरहेको समेत एसपी पौड्यालले बताए । उनका दुई सन्तान समेत रहेका छन ।

No comments