पाेखरा मा बलात्कार गरि हत्या गर्ने हत्यारा सार्बजनिक
सिन्धुली असाेज ११:
पोखरामा १० वर्षीया बालिका बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरीएको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको हो । बालिका श्रीया सुनारलाई बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी पौडेल पक्राउ परेका थिए।
पौडलले ललाइफकाई बलात्कार गर्न खोज्दा नमानेपछि सुनारलाई झाडीमा धकेलि हत्या गरेको खुलेको हो । कास्की प्रहरीका अनुसार बालिका बेहोस भएपछि ढुंगाले अनुहार र टाउकोमा हानेर पौडलले हत्या गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टअनुसार बालिकाको बलात्कार भएको र टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको प्रमाणित भैसकेको छ ।


No comments