मुख्य समाचार

असाेज १२गते काे राशिफल हेर्नुस्



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाई लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउँन सकिनेछ । उत्तम वस्त्र,मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।




वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको सिलसिलामा विदेश यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागि समय फलदायि रहनेछ ।




मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकांक्षा पुरा गर्न सकिनेछ । तपाईँको काममा दाजुभाइको सहयोग प्राप्त हुनेछ ।




कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : जानकारीको अभावले कामहरू बिग्रनेछ भने आलोचनाको सिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजाँदा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।





सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाई लेखाई तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरु वर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । पडाइकै सिलसिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा नजिक भई रमाउने समय रहेको छ ।




कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नीबिच विवाद बढ्नेछ भने माइती चेलीबिचको सम्बन्धमा फाटो ल्याउन आफन्त हरुनै लागि पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउँन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ ।




तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : अरूले गर्न नसकेका कामहरू तपाइबाट हुने हुनाले प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । समस्या पर्दा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थाई सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफा मूलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ ।



वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । आफन्त तथा साथभाईहरु सँग विवाद बढ्नेछ । शत्रुहरू लाग्नेछन् भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् । नाफा मूलक व्यवसायमा खासै फाइदा नभए पनि सेवामूलक कामबाट नाम कमाउन सकिनेछ । अध्ययनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा नजिक भए पनि विवाद हुने योग रहेको छ ।



धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जागिर बढ्नेछ । बिलाशीताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैङ्किङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने नोकरीमा बढुवा हुने योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ ।





मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा विश्वास बढ्नेछ भने घर परिवारमा आमाको सहयोग पाइनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर हुन सक्छ । राजनीति तथा समाजसेवामा सहभागी हुँनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ ।





कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाइबाट सहयोग पाइने छैन भने विवाद बढ्ने योग रहेको छ ।




मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : आफन्त साथीभाइ तथा कुटुम्बबाट आउने सुखद समाचारले मन प्रसन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष गरी होटेल तथा रेस्टुरेन्टमा लगानी गर्नेहरूका लागि आजको दिन फलदायि रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नीबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अन्ययनमा मन जाने हुनाले अरू भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

No comments