मुख्य समाचार

प्रधानमन्त्री अाेलि र ट्रम्प विच भेटघाट

सिन्धुली असाेज ११:

स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । स्वागत समारोह करिब पाँच घण्टा चलेको थियो ।  ७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिकाले सहभागिता जनाएका थिए ।



ओलीले परिचयसँगै भएको कुराकानी करिब दुई मिनेट मात्र रहेको जानकारी दिएका हुन् । उनले ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसासमेत गर्न भ्याएका थिए ।  साथै छोटो समयको फाइदा उठाउँदै प्रधानमन्त्री ओलीले नेपालको दिगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे आफ्नो धारणा समेत राखेको सचिवालयले जानकारी दिएको छ । 

No comments