तपाईंको अनुहार र छाला राम्रो बनाउन यसाे गर्नुस
सिन्धुली असाेज ११:
चन्दनको प्रयोगले छाला कसिलो बनाउँछ । छाला कसिलो भएपछि अनुहारका खुल्ला छिद्रमा कमी हुनुका साथै दागधब्बा समेत हट्छ । चन्दनको लेपले छालाको कोमलता समेत जोगाउँछ । चन्दनको लेपलाई नियमित प्रयोग गर्दा अनुहारमा दाना आउने, अनुहार तैलीय हुने, धेरै फुस्रो हुनेजस्ता समस्या पनि हट्नसक्छन् ।
कागती र मह अनुहारलाई चम्किलो बनाउन कागती र महको घोल प्रयोग गर्न सकिन्छ । कागती र महको मिश्रणलाई अनुहारमा लगाउने र १५ मिनेटपछि चिसो पानीले अनुहार धुने गर्नुपर्छ । यो प्रक्रिया नियमित अपनाउँदा छाला कान्तिमय बन्छ । अनुहारको सफाइ चिनी र सुन्तलाको गुदीको घोल अनुहार र हातको छालाको मास्तिरतर्फ लगाउनु पनि उपयोगी हुन्छ । यो मिश्रणलाई हातले हलुका ढंगले शरीरमा पनि लगाउन सकिन्छ । यसबाट छालाको मृत कोशिका हट्नुका साथै हराएको कान्ति समेत फर्कन्छ । छाला चम्काउने आधुनिक उपाय आजको वैज्ञानिक युगमा छालामा कान्ति ल्याउन गार्हो छैन । छोटो अवधिमै विशेष ढंगको सौन्दर्य उपचार गरी छालाको मृत कोशिका हटाएर लुक्सलाई ताजगीपूर्ण तथा आकर्षक बनाउने अनेक उपाय छन् ।
लेजर टोनिङले समेत छालाको बनावट र चमकमा सुधार ल्याउँछ । ताजगीले भरिपूर्ण आकर्षक लुकका लागि जुवेडर्मजस्ता फिलर्सको प्रयोग समेत गर्न सकिन्छ । जुवेडर्म फिलर्सजस्तो नयाँ पद्धतिको प्रयोगबाट आँखाको तल्लो भागमा हुने खोपिल्टो पनि पुर्न सकिन्छ । आधुनिक दुलहीले बोटोक्सदेखि डीटैनिङ तथा लिपोसक्सनजस्ता हरप्रकारका आधुनिक सौन्दर्य चिकित्सा पद्धतिलाई उपयोगमा ल्याउन सकिन्छ ।
लिप ओग्मेटेसन ह्यालुरोनिक एसिडमा आधारित फिलर्सको इन्जेक्सन लगाउँदा राम्रो परिणाम निस्कन्छ । यो प्रविधिलाई छालामा चमक ल्याउनका लागि प्रयोग गरिन्छ । यो इन्जेक्सनको प्रयोग गरेर आफ्नो गाला र ओठको मांशपेशीलाई चाहेजस्ता बनाउन सकिन्छ । यसले ओठ फुट्ने समस्यालाई समेत निराकरण गर्नसक्छ ।
जुवेडर्मजस्तो फिलर्सले ओठलाई निकै सुन्दर आकारमा ढाल्नुका साथै मांसपेशीलाई समेत रसिलो बनाइदिन्छ । यो पद्धतिको असर केही महिनासम्म रहिरहन्छ । यसको अलावा यो पद्धतिले अनुहार वरिपरिको मुजा परेको क्षेत्रलाई मुजारहित बनाइदिन्छ । यसको प्रयोगले छालालाई अधिक मुलायम तथा चम्किलो बनाउँछ ।


No comments