मुख्य समाचार

पेट्रोल मा दुई रूपयाँ र डिजेल र मट्टीतेल मा तीन रूपयाँ मूल्यले वृद्धि


सिन्धुली असाेज १:

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ  डिजेल तथा  मट्टितेलमा ३ रुपैयाँ बढाउने निर्णय गरेको हो।  

बढेको मूल्य सोमबार मध्यरातदेखि लागु हुने निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १ सय १४ , डिजेल र मट्टीतेल प्रतिलिटर १ सय १ रुपैयाँमा बिक्रिवितरण हुने छ। 


केही साता यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्रा कमजोर हुँदा घाटा बढेकोले मूल्य बढाउनु परेको जनाएको छ  ।

No comments