धादिङ मा हेलिकप्टर दुर्घटना ६काे मृत्यु १घाइते
सिन्धुली भदौ २३:
गोरखामा पर्यटक पु¥याएर काठमाण्डौ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर धादिङमा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ को मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । गोरखाको सामागाउँमा पर्यटक छाडेर काठमाडौं फर्कने क्रममा धादिङ र नुवाकोटको सीमा क्षेत्र सत्यवती गाँउपालिकाको बत्सला माध्यमिक विद्यालय नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नुवाकोटको किम्ताङ प्रहरी चौकीबाट गएको टोलीले न्युज २४ लाई दिएको जानकारी अनुसार ६ को मृत्यु भएको छ भने एक जना घाइते भएका हुन् । हेलिकोप्टर दुर्घटनामा परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित ६ जना नेपाली र एकजना जापानी नागरिक रहेको खुलेको छ ।
रामेछापका डिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका डोल्मा डिकी र छोवाङ नोर्वु तथा सिन्धुपाल्चोकका सुनील तामाङ सवार थिए । त्यस्तै जापानी नागरिक हिरोमी कोमात्सु पनि त्यही हेलिकोप्टरमा सवार थिए ।


No comments