तीन जिल्ला हेर्ने गरि बन ,सिचाइ ,कृषि ,खानेपानी ,जनस्वास्थ्य ,घरेलु कार्यालय रामेछाप मा
सिन्धुली मङ्सिर ५:रामेछापमा ३ नम्बर प्रदेश अन्तर्गत छ वटा कार्यालय रहने भएको छ । ३ नम्बर प्रदेश सरकारले प्रदेश अन्तर्गत कार्यालय स्थापना गर्ने काम अगाडि बढाएको छ ।प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले कार्यालयको टुंगोसँग कर्मचारी जाने क्रम सुरु भएको बताउनुभयो ।
संघीय संरचना अनुसार तीन जिल्ला हेर्ने गरी रामेछापको सदरमुकाम मन्थली र रामेछाप नगरपालिकामा छ कार्यालय रहने भएका हुन् । जिल्लामा रहने प्रदेश कार्यालयले रामेछाप, दोलखा र सिन्धुली हेर्नेछ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले प्रदेश अन्तर्गत कार्यालय स्थापनको काम सुरु भएको रामेछाप न्युजलाई बताउनुभयो ।
उहाँका अनुसार वन, सिचाई, कृषि, खानेपानी, जनस्वास्थ्य र घरेलु कार्यालय रहनेछ । रामेछापमा रहने प्रदेश कार्यालयले दोलखा र सिन्धुली जिल्ला हेर्नेछ । पशु र शहरी विकास तथा भवन निर्माण डिभिजनको प्रदेश कार्यालय भने सिन्धुपाल्चोक रहनेछ । सिन्धुली र दोलखाको माझ केन्द्र भएकाले पनि सदरमुकाम मन्थलीमा अन्य जिल्लाको तुलनामा प्रशेश अन्तर्गतका कार्यालय बढी स्थापना भएका हुन् ।


No comments