मुख्य समाचार

सर्वसाधारण कुटपिट गर्ने दुई प्रहरी जवान निलम्बन


सिन्धुली माघ १० गते
गत २९ पुसमा सामान्य भनाभनमै गलकोट नगरपालिका–६, हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । इलाका प्रहरी कार्यालय गलकोटमा कार्यरत प्रहरी जवान प्रेमसिंह विष्ट र बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारबाहीका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दीपक रेग्मीले बताए । दुवैलाई हरिचौरस्थित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको र घाइते बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  प्रहरीले लात्ती र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकाले फियो च्यातिएको थियो । फियो निकालेर पेटमा जम्मा भएको झण्डै दुई लिटर रगत दिनुपरेकोे र जटिल शल्यक्रिया गर्नुपरेकाले पेटमा ५० भन्दा बढी टाँका लगाइएको घाइते बस्नेतकी श्रीमती कृष्णकुमारीले बताइन् । कुटपिटमा संलग्न प्रहरीले बस्नेतको उपचार खर्च बेहोरेको प्रहरीले जनाएको छ ।

No comments