मुख्य समाचार

सिन्धुली काे विपि राजमार्ग काे दायाँबायाँ अतिक्रमण गरि बनायकाे संरचना अझै हटेन


सिन्धुली माघ १० गते
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी आसपासका क्षेत्रमा सडक अतिक्रमण गरी व्यापार व्यवसाय संचालन गर्ने क्रम अझै हट्न सकेको छैन । धुलिखेल-सिन्धुली-बर्दिबास सडकअन्तर्गत सिन्धुलीमाडी आसपासका सडक क्षेत्रका दायाँ–वायाँ १५/१५ मिटर अतिक्रमणमा परेका क्षेत्र खाली गराउने प्रयास गरिए पनि सफल हुन नसकेको हो । धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना कार्यालयले केही दिन अघि अतिक्रमित क्षेत्र हटाउने प्रयास गरेपनि स्थानीयले अटेर गरिरहेका छन् । आयोजनाले महोत्तरीको बर्दिबास, धनुषाको मिथिला र सिन्धुलीको कमलामाई नगरपालिकाभित्रका सडक किनारमा निर्माण गरिएका संरचनाहरु पनि हटाउन सुरु गरेको छ । सडक मिचेर  व्यवसाय संचालन गर्दा सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ । 

No comments