निजगढ काठमाडौ फास्ट ट्रयाक अब ४किमि छाेटाे
सिन्धुली माघ १६गते
काठमाडौँ-निजगढ फास्ट ट्रयाकको चार किलोमिटर सडक घट्ने भएको छ।बहुप्रतीक्षित काठमाडौं–तराई–मधेश द्रुत मार्ग फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाई ७२.४ किलो मिटर कायम गर्ने जनाएको हो। ‘हाल ७६।४ किमी रहेको फास्ट ट्रयाकको दूरी चार किमी घटाइने छ,’ सेनाका प्राविधिक उपरथी तथा काठमाडौं–तराई–मधेश दु्रत मार्ग आयोजना प्रमुख योगेन्द्र खाँडले भने, ‘घुमाउरो बाटोमा सुरुङको लम्बाई बढाएर समग्रमा आयोजनाको लम्बाई घटाउन लागिएको हो।’ फास्ट ट्रयाकको लम्बाई चार किमी घटाउन ६ किमी सुरुङ निर्माण गर्ने प्रस्ताव सेनाले डिपिआर निर्माण कम्पनीलाई गरेको छ। फास्ट ट्रयाकको सुरुवाती विन्दु (जिरो किमी) ललितपुरको फर्सीडोल राख्नुपर्ने माग स्थानीयले गरेका छन्।



No comments