मुख्य समाचार

तीन जिल्ला प्रहरी प्रमुख फेरिए सिन्धुली प्रहरी प्रमुख मा चक्रबहादुर सिंह


सिन्धुली माघ १७गते
प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका प्रहरी प्रमुख उपरीक्षक परिवर्तन गरेको छ । धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिएका हुन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयका अनुसार धनुषाका गोविन्द थपलियालाई प्रहरी परिसर, ललितपुरमा तानेर उनको ठाउँमा ललितपुरका एसपी शेखर खनाललाई खटाइएको छ । धादिङका एसपी डम्बर विकलाई महाराजगञ्जस्थित शिक्षालयमा पठाइएको छ भने उनको ठाउँमा राजकुमार वैदवारलाई पठाइएको छ । त्यस्तै, सिन्धुलीका एसपी रामेश्वर यादवलाई प्रहरी प्रधान कार्यालय, जगेडापुलमा तानेर चक्रबहादुर सिंहलाई उनको ठाउँमा पठाइएको छ ।

No comments