मुख्य समाचार

धरान चतरा सिन्धुली हेटौंडा सडक काे पुर्वी खण्ड कालोपत्र गर्न सुरु


सिन्धुली माघ १७गते
धरान चतरा सिन्धुली हेटौँडा सडकको उदयपुर खण्डमा कालोपत्रे गर्न सुरु गरिएको हो। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग धरान चतरा सिन्धुली हेटौँडा बैकल्पिक राजमार्गको पूर्वी खण्ड अन्तरगतको गाईघाट चुहाडे क्षेत्रमा कालोपत्रे गर्न सुरू गरिको आयोजनाको कार्यालयले जानकारी दिएको छ।  पुर्वी खण्डको गाईघाट चुहाडे सडकमा परिक्षणको रुपमा कालोपत्रेको लागि परिक्षणको लागि धरान चतरा सिन्धुली हेटौडा सडक आयोजना पूर्व खण्डका प्रमुख ललिजन खनालले बताए। ‘चुहाडेमा सडकमा परिक्षणको रुपमा कालोपत्रेको तयारी स्वरुप प्राईमर राख्न सुरु गरिएको छ’ आयोजना प्रमुख खनालले भने ‘निर्माण कम्पनीले होक्से भन्ने स्थानमा कालोपत्रेको प्लान्ट राखेर पिचको तयारी स्वरुप प्राईमर विच्छाउन सुरू गरेको हो।’ सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम महेन्द्र राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको दुबै खण्डमा करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ। सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्टलगायतको संरचना निर्माणको काम धमाधम भइरहेको आयोजना प्रमुख खनालले बताए। भित्री मधेसको उयदयपुर, सिन्धुली र मकवानपुरका शिवालिक र दुन क्षेत्रलाई जोड्ने यो सडक पूर्वपश्चिम महेन्द्र राजमार्गको विकल्पका रूपमा निर्माण भइरहेको छ । भौतिक रूपमा सडक निर्माणको काम ४५ प्रतिशत सकिएको छ । पुलको ६० प्रतिशत काम भइसकेको धरान–चतरा–सिन्धुली–हेटौंडा सडक योजना पूर्वी खण्ड कार्यालय गाइघाटले जनाएको छ । ११ मिटर चौडाइको सडकमा दुई पत्रमा पिच हुनेछ। पहिलो लेयरमा ११ मिटर चौडाइ ६ सेमी मोटाइ र दोस्रो लेयरमा त्यसमाथि ७ सात मिटर चौडाइ ४ सेमी मोटाइमा पिच हुने छ। पछिल्लो समयमा आएर जति तीव्र गतिमा काम भए पनि निर्धारित समय सीमा ०७६ असार मसान्तमा काम सम्पन्न गर्न नसकिने सडक योजनाको भनाइ छ।

No comments