मुख्य समाचार

माघ१७गते विहिबार काे तपाईंको राशिफल हेर्नुस्

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मानसिक चन्चलताका कारण गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । खानपानको खराबिले स्वास्थमा समस्या देखा पर्नेछ । आम्दानि मध्यम रहनेछ । मित्रजनहरुको साथ सहयोगमा बृद्धि हुनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो पारीवारिक साथ सहयोगमा गरीएका कार्यहरु सहजतापुर्ण सम्पादित रहनेछन । ब्यापार ब्यवसायका क्षेत्रमा साबधानि अपनायउनु पर्नेछ । शारीरिक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरुको बृद्धिहुनाले कार्य क्षेत्रमा सामान्य तनाबको सम्भाबना रहेको छ । स्वास्थममा सामान्य समस्या देखा पर्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका निम्ती समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिको सम्भाबना रहेकोछ । स्वाथका क्षेत्रमा सामान्य तनाब उत्पन्नहुन सक्नेछ । बिश्वासिला ब्यतिहरुबाट धोका हुन सक्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे सामान्य कार्यका निम्ती अधिक समय ब्यतित हुनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो आटँ शाहसको कमीका कारण सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सम्भाबना रहेको छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउ सक्नेछ । मान्यजनको स्वास्थमा आएको खराबिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । परोपकारका क्षेत्रमा समय ब्यतित रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । बिद्या प्राप्तीको योग रहेको छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन ।

No comments