मुख्य समाचार

सिन्धुली काे कमलामाई नगर पालिका ले ८८वटा सुत्केरी पशु लाई भत्ता वितरण


सिन्धुली माघ ९गते
सिन्धुलीको कमलामाई नगरपालिकाले ८८ वटा सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ। नगरपालिकाले मंसिर र पुसमा सुत्केरी पशु विवरण सहितको निवेदन संकलन गरेको थियो सोही आधारमा ८८ वटा सुत्केरी पशुहरुलाई एक हजार रुपैयाँका दरले ८८ हजार रुपैयाँ सुत्केरी भत्ता वितरण गरिएको हो । नगरपालिकाका अनुसार ४७ गाई र ४१ वटा भैँसीलाई भत्ता दिइएको हो ।
पशु सुत्केरी भत्ता लिनेमा वडा नम्बर ४, ५, ६, ७ र ११ का किसान रहेका छन्। पशुको सुत्केरी भत्ता लिन वडा कार्यालयको सिफारिस, पशुधनी र ब्याएको गाईभैँसीको बच्चासहितको फोटो र किसानको नागरिकताको प्रतिलिपिसहितको निवेदन नगरपालिकामा दर्ता गर्नु पर्दछ। कृषकले सुत्केरी पशुलाई नगरपालिकाले दिएको भत्ताबाट पौष्टिक आहार किनेर खुवाउनु पर्दछ ।

1 comment: