मुख्य समाचार

सिन्धुली काे शिद्धबाबा काे दर्शन गरि माघ १२गते शनिबार काे राशिफ हेर्नुस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भए पनि विफल हुने ग्रहयोग रहेको छ । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,बो) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाइदेखि टाढिन सक्छन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । पर्यटन तथा यात्रा सँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागि समयले साथ दिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा फैसला हुने समय रहेको छ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ सङ्ग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाइकै नाम आउनेछ । मामा तथा मावली पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरू स्वतः समधात हुने योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले बिस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बिचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमा सँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यावासायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिए पनि नतिजाको लागि केही समय कुर्नु नै पर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाई लेखाइमा भनेजस्तो नदिला हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाइमा अरूभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन्न सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाइकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भने जस्तो नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।

No comments