मुख्य समाचार

दिपक मनाङे लिय सपथ अाज बाट सांसद

सिन्धुली माघ १५:
राजीव गुरुङ उर्फ दीपक मनाङेले सोमबार सांसदको सपथ लिएका छन् । गण्डकी प्रदेश सभामुख नेत्र अधिकारीले उनलाई सपथ गराएका थिए । मनाङे मनाङको ख प्रदेशबाट स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भएका हुन् । फौजदारी मुद्दा लागेका कारण उनी जेलमा भएकाले सपथ लिन पाएका थिएनन् । केही अघि अदालतको आदेशले जेलबाट रिहा भएका उनले सपथका लागि प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । सपथ समारोहमा कांग्रेस, नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाका सांसद भने सहभागी थिएनन् । सरकारका केही मन्त्री, उपसभामुख र नेकपाका प्रमुख सचेतक लगायत सपथ समारोहमा सहभागी थिए ।

No comments