मुख्य समाचार

राजधानीमा नक्कली नाेट सहित एक जाना पक्राउ


सिन्धुली माघ २७:
नेपाल प्रहरीले गोगंबुबाट क्षेत्रबाट डेढ लाख नक्कली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति एक हजार दरका १ लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट उक्त नक्कली नोट बरामद गरिएको महानगरिय प्रहरी बृत्त गोगंवुले जनाएको छ । प्रहरीले पोमबहादुर कुँवरलाई पक्राउ गरेको छ भने अर्का आरोपी हिक्मत मियाँ भने फरार रहेका छन् । मियाँको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

No comments