हिराे गोल्डकप मा नेपाली महिला टाेलि म्यानमार सग ३-१गाेल ले पराजित
फागुन ३:
भारतमा आयोजना भएको हिरो गोल्डकप महिला फुटबलको उपाधि भिडन्तमा नेपाल म्यानमारसँग ३-१ गोलले पराजित भएको छ । पराजित भएसँगै नेपालले उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । शुक्रबार भारतको उडिसामा सम्पन्न खेलमा नेपाल म्यानमारसँग ३ -१ गोलले पराजित भएको हो । नेपाली समय अनुसार साँझ ६:१५ बजेबाट सुरुभएको खेलको पहिलो हाफसम्म नेपालले म्यान्मारसँग एक एकको बराबरी खेलेको थियो ।
तर खेलको ५६ औं र ७० औं मिनेटमा म्यानमारले थप दुई गोल गरेपछि नेपाल २-१ गोलले पछि परेको थियो । हाफ अघि खेलको ४० औे मिनेटमा म्यानमारले पहिलो गोल गरेपछि नेपाल एक शुन्यले पछि परेको थियो । त्यसको केही समय पछि मन्जली योन्जनले नेपालका लागि गोल गरेकी थिईन् । म्यानमारबिरुद्ध नेपालले गोल फर्काएसाँगै नेपाली खेलडीमा केही आशा पलाएको थियो । तर त्यसले निरन्तरता नपाउँदा अन्नतत: नेपालले हार बेहोर्न बाध्य भयो । नेपाली महिला टोलीले आज म्यान्मारसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न टोलीको कप्तानी रेनुका नगरकोटेले नै गरेकी भएकी थिईन् ।
उनलाई मिडफिल्डमा दिपा राईले सहयोग गरेकी थिईन् । गोलरक्षकमा एन्जिला तुम्बापो लिम्बू तथा डिफेन्समा मनमाया लिम्बू, गीता राना, पुनम जर्घा मगर र हिराकुमारी भुजेल थिईन्। विङ्समा अनिता बस्नेत र मन्जलीकुमारी योन्जनले खेलेकी थिईन् । त्यस्तै फरवार्डमा सावित्र भण्डारी र सरू लिम्बूले रहेकी थिईन्। प्रतियोगिताकै पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित भएको थियो ।
त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा नेपालले घरेलु टोली भारतलाई २ – १ गोलले पराजित गरेर आफ्नो यात्रालाइ अघि बढाउन सफल भएको थियो । त्यस्तै लिग चरणको अन्तिम तथा तेस्रो खेलमा नेपालले इरानलाई ३–० को फराकिलोे गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो ।
फिफा वरियता अनुसार इरान ६० औं स्थानमा त्यस्तै ६२ औं स्थानमा रहेको भारतसमेत नेपाललको लागि त्यति ठुलो प्रतिद्वन्दी सावित भएन । तर वरियताकाे ४४ औैं स्थानमा रहेको म्यानमारसँग भने दोस्रो पटककाे अवसर पाएपनि यसको सदुपयोग गर्न नसक्दा उपाधि कब्जा गर्नबाट चुकेको छ ।



No comments