मुख्य समाचार

हरायकाे साढे चार लाख पैसा सिन्धुली प्रहरी ले फेला पारि सम्बन्धि लाई फिर्ता

सिन्धुली माघ २१:
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका–१ बेल्टार निवासी खुसबहादुर श्रेष्ठको हराएको साढे चार लाख रुपैयाँ रकम फेला पारेर फिर्ता दिएको छ । काठमाडौंबाट श्रेष्ठ बेल्टार जाने क्रममा सिन्धुलीको शान्तिनगर चोकबाट पैसा भएको कालो झोला हराएपछि प्रहरीमा खबर गरेका थिए । ट्राफिक प्रहरीले कमलामाई नगरपालिका २ पिपलभन्ज्याङमा हायसमा चेकजाँच गर्दा एक यात्रुसँग उस्तै कालो झोला परेको थियो । तर झोला अज्ञानवस साटिएको अवस्थामा फेला परेको र उक्त झोला र पैसा श्रेष्ठलाई फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

No comments