मुख्य समाचार

रामेछाप मा एकल पुरूष लाई जनही पाँच हजार भत्ता वितरण


सिन्धुली माघ २१:
रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका एकल पुरुषहरुलाई भत्ता दिएपछि यो विषयले जिल्लामा नै नौलो चर्चा पाएको छ । यस अगाडी पुरुष नभएका महिलालाई भत्ता दिने प्रचलन रहेपनि श्रीमती नभएका पुरुषहरुलाई भत्ता वितरण गरेर भिरपानी गाउँले एउटा नयाँ अभियान को थालनी गरेको छ । गाउँका २५ जना एकल पुरुषहरुलाई जनही ५ हजारका दरले नगद वितरण गरिएको हो । भिरपानीको वडा कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् । त्यसैगरि राज्यले दिने अपाङ्गता भत्ताबाट बञ्चित भएका ३८ जना अपाङ्गहरुलाई जनही ६ हजारका दरले जीवन निर्वाहका लागि रकम प्रदान गरिएको छ । त्यस्तै ८० वर्षभन्दा माथि उमेर भएका ८५ जना जेष्ठ नागरिकहरुलाई हिडडुल गर्न सजिलो होस् भनेर टेक्ने लौरो दिएर दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसै कार्यक्रममा ७० वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकहरुलाई टेक्न लौरो वितरण गरिएको छ । कार्यक्रममा भिरपानीका पूर्व गा.वि.स उपाध्यक्ष वयबृद्ध क्षेत्रबहादुर खत्रीलाई दोसल्ला आढाइ टेक्ने लौरो दिएर सम्मान गरिएको छ । वडा अध्यक्ष पुस्कर कुमार कार्की को अध्यक्षतामा भएको उक्त कार्र्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तामाङले गाउँपालिकाको विकास र समृद्धिको लागि आफूले दृढसंकल्पित भएर काम गरेको धारणा व्यक्त गरे । सवै क्षेत्र,वर्ग र समुदायको हितलाई ध्यानमा राखेर विकासका योजनारु अघि बढाइने उनको भनाई छ ।

No comments