मुख्य समाचार

एक पेस्तोल सहित तीन युवा पक्राउ


सिन्धुली माघ २२:
धादिङको गंगाजमुना –५ स्थित मण्डली माविबाट प्रहरीले अवैध पेस्तोल सहित तीन जना युवालाई पक्राउ गरेको छ । अवैध हतियार सहित पक्राउ पर्नेमा खनियाबासका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिष थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् । उनिहरुको साथबाट एक थान चाइनिज पेस्तोल सहित ७ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्याम महतोले जानकारी दिनुभयो । 

विद्यालयमा क्षेत्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भईरहेको थियो । सो स्थानमा ति युवाहरुको कृयाकलाप शंकास्पद देखिएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा हतियार बरामद गरिएको हो । घटनापछि प्रहरीले प्रतियोगिता स्थल र आसपासमा सुरक्षाकर्मीको थप ७ जना टोली परिचालन गरेको जनाएको छ । पक्राउ परेका युवाहरुलाई प्रहरीले हिरासतमा लिएको छ भने उनिहरु विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाइने पनि प्रहरीले जनाएको छ ।

No comments