सिन्धुली लगायत देशै भरि साेनाम ल्हाेछार मनाय
सिन्धुली माघ २२गते
तामाङ समुदायले आज नयाँ वर्षका रुपमा सोनाम ल्होछार पर्व मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुने गर्छ । मञ्जुश्री पात्रो शुरु भएको २८५५ वर्ष पूरा भएको छ । नयाँ वर्ष सुरु भएको उपलक्ष्यमा सोनाम ल्योछार मनाउने गरिन्छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको जानकारहरु बताउँछन् ।
ल्होछारका अवसरमा आज नेपाल तामाङ घेदुङलगायत संस्थाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिने छ । टुँडिखेलमा दिउँसो १ बजे हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
अाज सिन्धुली काे तामाङ समुदाय ले अाज सिन्धुली काे विभिन्न ठाउँ मा ल्हाेछार मनायकाे छ।मरिण गाउँ पालिकाले दुई दिन विदादियकाे छभने मरिण गाउँ पालिका काे अध्यक्ष पानिराज बोम्जन काे अध्यक्ष्ातामा धमिले मा कार्यक्रम गरियकाे थियोे कार्यक्रम मासांसद हरिवल गजुरेल प्रदेश सांसद बसन्त माझी मन्त्री बर्समान पुन प्रमुख अथिति मा कार्यक्रम गरि साेनाम ल्हाेछार मनायकाे छ भने हरिहरपुर गाउँ पालिका र घ्याङलेख गाउँ पालिकाले पनि सार्बजनिक विदा दियि विभिन्न कार्यक्रम गरि ल्होछार मनायकाे छ।




No comments