मुख्य समाचार

राजधानी काे तिनकुने बाट ग्यास उत्खनन गर्ने


सिन्धुली फागुन ४:
सरकारले काठमाडौंको तिनकुनेबाट ग्यास उत्खनन प्रक्रिया सुरु गर्ने भएको छ । राष्ट्रिय सभामा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उपत्यकाको १४ ओटा स्थानमा अध्ययन गरेपछि तिनकुनेबाट ग्यास उत्खनन गर्न लागेको जानकारी दिनुभएको हो । मन्त्री यादवले तिनकुनेमा ग्यास उत्खनन प्रक्रिया अघि बढाउनकाे लागि जिल्ला प्रशासन कार्यालय मार्फत जग्गा प्राप्ती कामलाई अगाडी बढाएको जानकारी दिनुभयो । राष्ट्रियसभाको बैठकमा बोल्दै उहाँले काठमाडौं उपत्यकाको विभिन्न १४ स्थानमा ग्यासको सम्भाव्यता खानी तथा भूगर्भ विभाग र जाइकाको सहयोगमा अध्ययन गरेपछि सरकारले तीनकुनेबाट भने त्यसको उत्खनन् कार्यलाई अघि बढाउन लागिएको बताउनुभयो । त्यस्तै नवलपरासीको धावनी क्षेत्रमा फलाम खानी रहेको पुष्टि गर्दै सो क्षेत्रमा खानी उत्खनन गर्ने प्रक्रिया अघि बढाउन लागिएको पनि यादवले राष्ट्रिय सभामा जानकारी गराउनु भयो ।

No comments