मुख्य समाचार

सिन्धुली मा पानी र हावा सगै परेकाे चट्याङ ले लाग्दा दुई घाइते

सिन्धुलीमा आज पानी, हावाहुरीसँगै परेको चट्याङ लाग्दा दुईजना घाइते भएका छन् । कमलामाई नगरपालिका– ५ चिसापानी झोरा निवासी २१ वर्षीय रवि श्रेष्ठ र १० वर्षीया प्रज्ञा श्रेष्ठ घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।  अहिले घाइतेलाई उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ । दुवैजनाको हात र ढाडमा चोट लागेको र उनीहरुको अवस्था सामान्य नै रहेको उहाँले जानकारी दिनुभयो ।  सिन्धुलीमा बिहानैदेखि, हावाहुरी, केही स्थानमा असिना पानी परिरहेको छ । मेघ गर्जनसहित जिल्लाका धेरै भू–भागमा पानी परेको भएपनि क्षतिको भने अहिलेसम्म कतैबाट जानकारी नआएको उहाँले जानकारी दिनुभयो । 

No comments