मुख्य समाचार

माघ २५गते शुक्रबार काे तपाईंको राशिफल हेर्नुस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ  भोलि तपाई सामाजिक कार्यहरुमा धेरै व्यस्त हुनुहुने देखिन्छ। सामाजिक कार्यमा भागदौड हुनाले स्वास्थ्यमा असर पर्न सक्ने हुँदा सावधान रहनु होला। भोलिको दिनमा तपाईको नयाँ सम्बन्ध स्थापित हुने देखिन्छ। भोलि सरकारी काममा पनि सफलता मिल्नेछ। विदेशबाट शुभ समाचार मिल्न सक्ला। भोलिको दिन प्रेम सम्बन्धको मामलामा पनि सुखद रहनेछ। 

 बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो  भोलिको दिन तपाईको लागि हरेक तरिकाबाट शुभ सावित हुने देखिन्छ। विशेष गरेर व्यवसाय गर्नेहरुलाई भोलिको दिनमा लाभै-लाभ मिल्नेछ। अध्ययनमा पनि सफलता मिल्न सक्ला। उच्च अधिकारीसँगको सम्बन्धमा सुधार हुनाले जागिरमा पदोन्नती समेत मिल्नेछ। धेरै समय देखि भेट नभएका मित्रजनसंगको भेट पनि फलदायी सावित हुन सक्ला। 


 मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह मानसिकरुपबाट भोलि तपाई व्यग्रता महसुस गर्नुहुनेछ भने शारीरिक रुपमा पनि भोलिको दिन खासै सुखद नहुने देखिन्छ। व्यवहारमा हुने नकारात्मकताको कार्नाज तपाईले लज्जित हुनुपर्ने अवस्था आउनेछ। प्रतिस्पर्धिहरुलाई कम्जोर सोच्ने दुष्प्रयास नगर्नु होला। परिवारमा एस् समेत भोलि तपाईको सम्बन्ध बिग्रिने देखिन्छ। 

 कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो वैचारिकरुपमा दिनभरीनै तपाईमा नकारात्मकता छाउनेछ। भोलि तपाईले लज्जित समेत हुनुपर्नेछ। बोलि र व्यवहारमा समानता नहुँदा तपाईको आलोचना हुनेछ। भोलि तपाईले आर्थिक कार्यमा हात नहाल्नु भएकै उचित हुन सक्ला। सरकार-विरोधी प्रवृत्ति देखि टाढा रहनु होला। साँझ भने नसोचेको ठाउँबाट आर्थिक लाभ मिल्नेछ।


 सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे भोलि पति-पत्नी बीच कलह हुन सक्ने हुँदा सजक रहनु होला। कुनै पनि आर्थिक कार्य गर्नु भन्दा अगाडी परिवारको सल्लाह लिनु होला। भोलिको दिनमा तपाईले घर-जग्गा सम्बन्धि कारोबार नगर्नुभएकै उचित हुनेछ। सामाजिक क्षेत्रमा तपाईको मानहानी नहोस् भन्नको लागि भोलि सजक रहनु होला। कानुनी कार्य देखि टाढा रहनु भएकै उचित हुनेछ। 

 कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनाले भोलि तपाईलाई विभिन्न प्रकारका लाभ मिल्नेछ। यात्राको समेत सम्भावना रहेको भोलिको दिनमा खर्च बढ्नेछ। मनोरन्जनको लागि खर्च भएता पनि आर्थिक रुपमा कुनै पनि समस्या भने नरहला। स्वास्थ्यमा समेत सुधार हुने देखिन्छ। प्रतिस्पर्धिहरुलाई सजिलै पराजित गर्न तपाई सफल रहनु हुनेछ। 

 तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते  वैचारिक विशालता र बोलिमा हुने मधुरताले तपाईलाई धेरै सहयोग गर्नेछ। तपाईको व्यक्तित्वको कारण तपाईलाई सम्मान मिल्न सक्ला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजन पनि प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग रहेको भोलिको दिनमा साहित्य लेखनमा समेत रुची बढ्नेछ। तारिफयोग्य काम सम्पादन हुन सक्ला। 

 बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु भोलि तपाईलाई आफ्नैले धोका दिन सक्ने हुँदा सावधान रहनु होला। नयाँ काममा हात हाल्दा संयम रहनु होला। भोलि तपाईले कुनै पनि आर्थिक कार्य थालनी गर्नु भन्दा अगाडी अध्ययन गर्नु पर्ने देखिन्छ। अहिलेको फाइदा हेर्दा पछि घाटा हुनेछ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुने सम्भावना पनि देखिन्छ। भोलि पारिवारिक वातावरण खासै राम्रो नहुने देखिन्छ।

 धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे प्रतिस्पर्धीहरु भोलि सजिलै परास्त हुनेछन्। पहिलेको सफलताले हौसला बढाउनेछ। विशेष योजना सफल हुने भोलिको दिनमा तपाईले आफ्नो गोपनियताको भने खायल राख्नु होला। दीर्घकालीन महत्त्वका काममा हतार नगर्नु होला। ईर्ष्या गर्नेहरूलाई तह लगाउन भोलि तपाई सफल हुनुहुनेछ। अतिथिका रूपमा सेवा सत्कार प्राप्त हुनेछ।

 मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) भोलिको दिन तपाईको लागि मिश्रित फलदायी हुने देखिन्छ। परिवार साथै आफन्तजनसँगको सम्बन्ध खासै राम्रो नहुने भोलिको दिनमा सामाजिक सम्बन्धहरुमा भने सुधार हुनेछ। अध्ययनमा पनि सफलता मिलन गार्है देखिन्छ। तर भोलि कलाकारहरुको लागि भने दिन धेरै शुभ देखिन्छ। आम्दानी राम्रो भए पनि नजानिँदो रूपमा खर्च हुन सक्ला। लक्ष्यमा पुग्न अरूका लागि केही कठोर काम गर्नु पर्नेछ।

 कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द आर्थिक दृष्टिकोणबाट भोलिको दिन धेरैनै फलदायी हुने देखिन्छ। नयाँ कार्य थालनीको लागि पनि भोलिको दिन शुभ रहन सक्ला। लगनशील कार्यशैलीले लक्ष्यमा सजिलै पुर्याउन सक्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। भोलि तपाईको जहाँ पनि प्रसंशा मात्र हुने देखिन्छ। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ।

 मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि  भोलि तपाईको क्षेत्रमा अरूले प्रभाव जमाउनेछन्। पारिवारिक असमझदारी बढ्नाले तपाईको दैनिकीमा सिधै प्रभाव पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्दा तपाईको आलोचना समेत हुनेछ। भोलि कुनै पनि आर्थिक लेनदेन देखि टाढा रहनु भएकै उचीत हुनेछ। सरकारी कार्यमा पनि भोलि तपाईलाई खासै सफलता मिल्नेछैन। यात्रा पनि खासै सुखद नहुने देखिन्छ।

No comments