मुख्य समाचार

माेदि काे सफथ ग्रहण कार्यक्रम मा प्रधानमन्त्री केपि अाेलि सहभागी हुन भारत जादै


सिन्धुली जेठ १४गते 
नरेन्द्र मोदीको सफथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सरिक हुने भएका छन् । लोकसभा चुनावमा विपक्षिलाई भारी मतले पछि पार्दै दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीकाे सफथग्रहणमा ओली पनि सरिक हुने उच्च स्रोतले जनाएको छ । प्रथम पटक २०१४ मा भारतका प्रधानमन्त्री बनेका बेला मोदीले सार्कका सबै मुलुकका सरकार प्रमुखहरुलाई आफ्नो सफथग्रहण कार्यक्रममा बोलाएका थिए ।

 त्यसबेला तत्कालीन प्रधानमन्त्री शुसिल कोइराललाले मोदीको सफथ कार्यक्रममा सहभागिता जनाएका थिए । यसपटक पनि मोदीले सार्कका सबै राष्ट्र प्रमुख सहित थाइल्याण्ड र म्यानमारका राष्ट्र एवं सरकार प्रमुखलाई समेत निम्तो दिने कुटनितिक उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार सम्बन्धित मुलुकका दूतावासहरूले निम्तो गरिसकेको बताएका छन् । तर औपचारिक निमन्त्रणा आउन भने बाँकी नै रहेको बताइएको छ । यता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एक तवरले मोदीको शपथग्रहण कार्यक्रममा जाने तयारी गरिसकेका छन् ।

No comments