मकवानपुर मा ट्रक मा करेन्ट लाग्दा सिन्धुली काे एक युवा काे मृत्यु
सिन्धुली जेठ १३ गते
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको कोगटे खोला नजिक गुडिरहेको ट्रकमा ११ हजार भोल्टेजको करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । काठमाडौँबाट ईपा खानीखोला हाइड्रोपावरको निम्ति ट्रान्समिटर बोकेर जाँदै गरेको टेलर गाडीका चालक र जेसिबी चालकको करेन्ट लागेको मृत्यु भएको हो ।
![]() |
| साङ्केतिक तस्बिर |
टेलर सिस्नेरी कुइन्टार आइपुग्दा पोलको तारमा ट्रान्समिटरले छोएपछि चालक र सहचालकलाई करेन्ट लागेको थियो । चालकलाई करेन्ट लागेको अवस्थामा बचाउन जाँदा जेसिबीका चालकको पनि मृत्यु भएको हो ।करेन्ट लागेर मृत्यु हुनेमा टेलर चालक नुवाकोट वेलकोटगढी मझुवाका ३५ वर्षीय विशाल तामाङ र सिन्धुली तीनपाटन गाउँपालिका आमबोटेका जेसिबी चालक वीरबहादुर मगर रहेका छन् ।



No comments