धुर्मुस -सुन्तली ले बनाउन लागेका रङ्गशाला काे बार भत्काउने कडेल पक्राउ
सिन्धुली जेठ १६गते
चितवन रामपुरमा बन्ने प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएको आरोपमा प्रहरीले प्रकाश कँडेललाई पक्राउ गरेकाे छ । मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार लुक्दै भाग्दै हिँडेका कँडेल बुधबार मध्यरातमा भरतपुरबाट समातएिका हुन्।
कँडेल सत्तारूढ नेकपाका स्थााीय नेतासमेत हुन्। कँडेलसहित यो घटनाका १७ जना आरोपित पक्राउ परेका छन्। पक्राउ पर्नेमा एकजना महिला पनि छन्। महिलाकाे स्वास्थ अवस्थालाई ख्याल राखेर दैनिक हाजिर हुने गरेर परिवारको जिम्मा लगाएको र अरूलाई हिरासतमै राखेको एसपी मल्लले बताए। नेकपा चितवन ले पाटिकाे साधरण सदस्य सम्म नरहने गरि कार बाहिर गरेकाे थियो ।



No comments