मुख्य समाचार

विपि राजमार्ग अब दुई लेन काे बनाउने तयारी

सिन्धुली जेठ११गते 
साँघुरो सडकको कारण सवारी साधन सञ्चालन गर्न नै कठिनाइ भएपछि सडक विभागले वीपी राजमार्ग अन्तर्गतको धुलिखेल–खुर्कोट सडकलाई दुई लेनमा विस्तार गर्ने योजना अघि सारेको छ । आगामी वर्षको बजेटबाट नै यो खण्ड विस्तारका लागि रकम व्यवस्था गर्न विभागले सरकारसँग माग गरेको हो । सडक साँघुरो हुँदा दुर्घटना निकै बढेको छ । ओखलढुंगा, खोटाङ, दोलखा, रामेछाप लगायतका जिल्लाका सवारीको निकै चाप हुने गरेको छ । 

सुरुमा पहिलो चरणमा धुलिखेल–खुर्कोट सडक विस्तार गर्न योजना अगाडि सारेको छ । यो खण्डमा ठूला सवारी चलाउन रामेछाप क्षेत्रका स्थानीयले लामो समयदेखि माग गर्दै आएपछि यातायात व्यवस्था विभागले अनुमति दिएका छैन् । हाल सरकारले ३२ सिटसम्मको यात्रुबाहक र १० टनसम्मको मालबाहक सवारी मात्रै चलाउन सकिने गरी अनुमति दिएको छ । वीपी राजमार्गबाट हाले पूर्वबाट आउने र पूर्वी पहाडी जिल्लामा जाने साना सवारीको अत्याधिक रुपमा चाप छ । वीपी राजमार्गको पुनर्निर्माणका लागि जापानले १ अर्ब ८ करोड रुपैयाँ अनुदान सहयोग गर्ने सम्झौता भइसकेको छ ।


 वीपी राजमार्गमा आसपास क्षेत्रमा सञ्चालन भइरहेका क्रसरबाट उत्पादन निर्माण सामाग्री निर्यात हुँदा सडकको अवस्था निकै जिर्णे बन्दै गएको छ ।

No comments