बृद्धा भत्ता पाँच सय बढाउने
सिन्धुली जेठ १३गते
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने भएको छ ।
नेकपाले प्रतिनिधिसभा सहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणा गरेको वाचा अनुरुप सामाजिक सुरक्षा भत्ता पाँच हजार बनाउने भनेको थियो ।
गत वर्ष सामाजिक सुरक्षाभत्ता नबढाउँदा सर्वत्र आलोचना भएपछि अहिले कम्तीमा पनि पाँच सय रुपैयाँ बढाएर दुई हजार पाँच सय पुर्याउने तयारी गरिएको छ ।’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, स्रोतले भ्याएमा एक हजार पनि बढाउन सकिन्छ । तर कम्तीमा पाँच सय भने अवश्य बढ्नेछ । याे समाचार नागरि दैनिकमा छ ।



No comments